संजय र विमल चौधरीको विवाद मिल्यो, उपत्यकामा छिट्टै विशेष अधिवेशन हुने

थारु विद्यार्थी समाजको उपत्यका समितिको विवाद मिलेको छ। राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले विवाद मिलाएको हो। उपत्यका अधिवेशनमा प्रतिनिधि विवाद भएपछि विमल चौधरी नेतृत्वले अधिवेशन बहिष्कार गरेको थियो। विवादका बावजुद संजय चौधरी उपत्यका समितिका अध्यक्षमा सर्वसम्मत भएका थिए। यता विमले टिमले सोही दिन समानन्तर कमिटी गठन गरेको थियो।

अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा बसेको आकाश्मिक सचिवालय बैठकले दुबै जनालाई केन्द्रीय कमिटीमा तानेर विवाद साम्य पारेको हो। अध्यक्ष चौधरीका अनुसार विमल चौधरीलाई मोरङ विशेष क्षेत्र र संजय चौधरीलाई कमलामाइ विशेष क्षेत्रबाट केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। त्यसका लागि विमल र संजयले पनि सहमति जनाएका छन्। सहमतिसँगै दुवै नेतृत्वको उपत्यका समिति खारेज भएको छ। अब नयाँ तरिकाले उपत्यका समिति गठन हुने बताइएको छ। त्यसका लागि केन्द्रीय कमिटीबाट एक जना संयोजक राखिने र उनै संयोजकको रहोवरमा राजधानीका विभिन्न कलेजमा इकाइ कमिटी गठन गरिने बताइएको छ।

अध्यक्ष चौधरीका अनुसार दुबैले राजधानीका कलेजमा इकाइ समिति गठन गरेर छिट्टै विशेष अधिवेशन हुने जानकारी दिए।

बैठकमा अध्यक्षबाहेक उपाध्यक्ष विजय चौधरी, ओम महतो, ठाकुर करियाप्रधान, महासचिव विकास चौधरी, सचिव रोशन रत्गैया, दीपक चौधरी र संजय, विमल दुवै सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *