चितवनका समाजसेवी कारी चौधरीको निधन

कारी महतो थारु/चितवन।

नेपाल आदिवासी जनजाति महासंघ, माडी नगरपालिका समन्वय समितिका अध्यक्ष तथा थारु कल्याणकारिणी सभा चितवन माडी क्षेत्रका निवर्तमान सभापति एवम् वर्तमान जिल्ला सल्लाहकार माडी नगरपालिका निवासी कारी चौधरीको आज साँझ ४:५० बजे चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको छ।

उच्च रक्तचापका कारण बेहोस भएपछि उनलाई माडीबाट भरतपुर ल्याइएको थियो। उनको शव चितवन मेडिकल कलेजमै राखिएको छ। बिहीबार बिहान ७:०० बजे भित्र पूर्वी चितवनका शुभचिन्तकहरु चितवन मेडिकल कलेज भरतपुरमा गई अन्तिम श्रद्धाञ्जली गर्ने कार्यक्रम राखिएको बताइएको छ। त्यसपछि उनको पार्थिव शरीरलाई माडी लगेर दाहसंस्कार गरिने आफन्तले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *