बारामा मनाइयो भब्य समाचकेवा, थारु महिलाहरु यसरी नाचे [भिडियो]

दुष्यन्त चौधरी/बारा।

बाराका महिलाहरुले समाचकेवा पर्व मनाएका छन्। सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको प्रांगणमा थारु महिलाहरुले समाचकेवाको बिसर्जन गरेका हुन्। माओवादी केन्द्रकी सांसद दिलमाया धामीको प्रमुख आतिथ्यमा उनीहरुले समा चकेवामा गाइने गीत र नृत्यसँगै यो पर्व मनाएका हुन्।

tharu-sama-chakewa-bara-03छठ पर्वको गोढान सरापने अथवा भाइटीकाको दिनदेखि थारु दिदी बहिनीहरुले यो पर्व मनाउने गर्छन्। कलैयामा रहेका थारु चेलीहरुले समाचकेवा, सतभैया, चुगिला, चराचुरुङ्गी, वृन्दावनजस्ता मुर्ति बनाई यो पर्व मनाएका थिए। उनीहरुले नजिकैको खोलामा लगि समाचकेवाको बिसर्जन गरिएको थारू कल्याणकारी सभा बाराका केन्द्रीय सदस्य सुबंश प्रसाद चौधरीले जानकारी दिए।

tharu-sama-chakewa-bara-02समाचकेवा दाजुभाई तथा दिदी बहिनीको प्रेमको प्रतीकको रुपमा मनाउने गर्छ। दिदी बहिनीहरुले आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै यो पर्व मनाउने गर्छन्। द्धापर युगमा श्री कृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गर्ने गरेको झुठो कुरा सेविका डिहुलीले कृष्ण समक्ष लगाएको र कृष्णले आवेसमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएको किम्बदन्ती रहेको छ।
tharu-sama-chakewa-bara-05सामाका भाइ साम्बले सो जानकारी पाएपछि आफ्नी दिदिलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेका थिए। तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको प्रसँग उल्लेख गर्दै श्यामपति थरुनीले भनिन्- ‘भाइले दिदीलाई श्रापबाट मुक्त गरेकाले माटाको सामा बनाएर गाँउभरी भ्रमण गरी समाचकेवा मनाउँछन्।’

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *