गैँडाले हानेर रत्ननगरमा दुई जना घाइते, अविना चौधरीको अवस्था गम्भीर

चितवनको रत्ननगरमा गैँडाले हानेर दुईजना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१७ सिसवारमा तारबारका लागि सिमेन्टको पोल गाड्दै गरेका बेला एक्कासि आएको गैँडाले हानेर घाइते बनाएको हो ।

घाइते हुनेमा स्थानीयवासी ५२ वर्षीय चित्र महतो र उनकी नातिनी तीन वर्षीया अविना चौधरी रहेको जिप्रका, चितवनले जनाएको छ । चित्र महतोले काम गरिरहेका बेलासँगै रहेकी नातिनी अविनालाई पनि गैँडाले हानेको प्रहरीले जनाएको छ ।

घाइते चित्र महतोको दाहिने हात भाँच्चिएको छ भने विभिन्न ठाउँमा चोट लागेको छ । अविना चौधरी भने बेहोस रहेको जिप्रका, चितवनले जनाएको छ ।

उनीहरुको भरतपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैँडाले उनीहरुलाई हानेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *