लाओसदाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा [हाइलाइट भिडियो]

लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३-० ले विजयी भएको छ । यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।

दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् । दुबै टोलीले केही मौका पाए पनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १-१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २-१ अग्रता दिलाए ।

तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

हाइलाइट हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *