गृहमन्त्री निधीले भने- थारु र मधेसीका २०८ वटा मुद्दा फिर्ता हुँदैछन्

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मधेसी मोर्चा र थार आन्दोलनकारीहरुमाथि लागेका २०८ वटा मुद्दाहरु सरकारले फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । कुल २०८ वटा मुद्दामध्ये ११४ वटा मुद्दा गृहमन्त्रालयमार्फत् फस्र्छौट भइसकेको मन्त्री निधीले जानकारी दिए ।

शुक्रबार साँझ सिंहदरबारमा प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री निधीले भने – ‘जम्मा २०८ वटा मुद्दाहरु छन् । तीमध्ये ११४ वटा मुद्दा कुनै न कुनै किसिमले गृहमन्त्रालयबाट फस्र्छौट भइसकेको छ । बाँकी ९४ वटा मुद्दाका बारेमा अदालतमा गइसकेकाले त्यसको कानुनी प्रक्रिया अगाडि बढाएका छौं ।’

सरकार निर्माणका बेलामा मधेसी मोर्चा र थारु नेताहरुसँग सम्झौता भएअनुरुप मुद्दा फिर्ता गर्ने सहमति भएको मन्त्री निधीले बताए । सोही सहमति अनुसार मुद्दा फिर्ता लिने सम्बन्धमा मन्त्रिपरिषदले निर्णय गरेर गृहमन्त्रालयलाई जिम्मा दिएको निधीले बताए ।

गृहमन्त्रालयले आन्दोलनकारी नेताहरुसँग धेरै चरणमा छलफल गरेछि २०८ वटा मुद्दाहरु फिर्ता लिने प्रक्रिया अघि बढेको मन्त्री निधीले स्पष्ट पारे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *