‘लोकमान नेपाली राजनीतिको उपज हो, उनलाई भ्रष्ट नेताहरुले ल्याएको हो’

नेपाली कांग्रेसका सांसद् सुरेन्द्र चौधरी लोकमान कार्की नेपाली राजनीतिको उपज भएको बताएका छन्। संसद लोकमान कार्कीविरुद्धको महाभियोग छलफल प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेपाली राजनीतिज्ञहरुले नै उनलाई त्यहाँसम्म पुर्‍याएको बताए। लोकमानलाई कुनै विदेशी शक्तिले नल्याएको उनले प्रष्ट्याए। ‘लोकमान सिंह कार्कीलाई जोगाउन डोनाल्ड ट्रम्पकै फोन आयो। प्रधानमन्त्री मोदीको फोन आयो। यो षड्यन्त्र हो,’ उनले भने।

उनले लोकमान कार्कीलाई भ्रष्ट नेताहरुले ल्याएको उनले आरोप लगाए। जुन कुरा उनीहरुले ढाकछोप गरिरहेको उनले बताए। लोकमान कार्कीले नेताहरुलाई ब्लाक मनी नभई सास फेर्न नसक्ने राम्रोसँग थाहा भएको सांसद चौधरीले बताए।  ‘लोकमान सिंह कार्कीले राम्रोसँग बुझेका छन् कि नेताहरु ब्लाक मनी बिना सास फेर्न सक्दैनन्। त्यसको दुरुपयोग गरेर उनी शक्तिशाली बने र प्यारलल सरकार चलाउन हिम्मत राखे,’ उनले भने।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *