पत्रकार ठाकुरसिंह थारु सम्मानित

खाद्य अधिकारको क्षेत्रमा कलम चलाउने नेपालगन्जका कान्तिपुर संवाददाता ठाकुरसिंह थारुलाई सम्मान गरिएको छ । खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय, फियान नेपाल लगायतका सरकारी तथा सामाजिक संघ, संस्थाले सामूहिक रुपमा सम्मान गरेका हुन् ।

पत्रकार थारुले राप्ती नदीको कटानले भूमिहीन बनेका किसानका पीडा, भारतीय सरकारले एकतर्फी निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र भारतले हाल सीमामा निर्माण गरिरहेको तटबन्ध जस्तो सडकका उत्पन्न खाद्य समस्यालाई निरन्तर उजागर गर्दै आएका छन् ।

दिवसकै अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै दिवसकै अवसर पारेर उत्कृष्ट किसानलाई पनि सम्मान गरिएको छ । पत्रकार थारु डेढ दशकदेखि नेपालगन्जमा कृयाशील छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *