आन्दोलनका २०८ मध्ये ७४ मुद्दामात्र फिर्ता

सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ । यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज मात्र गराई छोडिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै १३ मुद्दाको फछ्र्यौट भएको र बाँकी ९४ मुद्दा फछ्र्यौट सम्बन्धमा आवश्यक कारबाही भइरहेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *