गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अौँनिया प्रथम

दुष्यन्त चौधरी/बारा।

हिन्दूहरूको तेस्रो महान चाडपर्व छठको अवसरमा गाविस नरही वडा नम्बर २ अौनियाद्वारा अायोजित गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अौनिया प्रथम स्थान हासिल गरेका छन् । सोमबार श्री नेपाल राष्ट्रिय देवनारायण गनिया प्राविका परिसरमा गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएका छन् । गाविस नरहीका अौँनिया , नरही , बेलाही , ईटहर र गडहल गाविसका हेङगौलिया गडहल गाउँका विधार्थीहरूको सहभागिता रहेका थिए ।

अौँनिया गाउँका विधार्थीहरूले २० अङ्क प्राप्त गरि प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी हेङ्गैलिया गाउँका विधार्थीहरूले १४ अङ्क प्राप्त हासिल गरि दोस्रो , ईटहर गाउँका विधार्थीहरूले १३ अङ्क प्राप्त गरि तेस्रो , नहरी गाउँका विधार्थीहरूले ११ अङ्क प्राप्त गरि चौथो , बेलाही गाउँका विधार्थीहरूले नौ अङ्क प्राप्त गरि पाचौं तथा गडहल गाउँका विधार्थीहरूले सात अङ्क प्राप्त गरि छैठो स्थान प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी किशोरी प्रसाद चौधरी , ठागा साह तेली, सुरेन्द्र प्रसाद चौधरी, शिक्षक जोगिन्द्र पंडित , रामचन्द्र प्रसाद चौधरी , रविन्द्र प्रसाद चौधरी , नागरिक सचेतना वडा मन्च पन्ना देवी पंडित , श्री नेपाल राष्ट्रिय देवनारायण गनिया प्राविकी प्रचार्य कबिता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी महेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा तथा समाजसेवी राजु चौधरीको प्रमुख अतिथीमा उक्त कार्यक्रम सम्पन्न भएका थिए । कार्यक्रमका बारेमा संजय चौधरीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन दुष्यन्त चौधरीले गरेका थिए । शेखर चौधरी, जयकिसुन चौधरी , देवाकान्त चौधरी , राजकुमार चौधरीले विशेष सहयोग गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *