कांग्रेस नेतृ सुजाता काेइरालालाई स्तन क्यान्सर

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’

एक सातासम्म मलेसियामै उपचार गराएकी कोइरालाको बाँयातर्फको स्तनको शल्यक्रिया गरिएको निकट स्रोले जनाएको छ । ‘एक सातासम्म अस्पतालमै बसेर बायाँतर्फको स्तनमा रहेको समस्याको निदान गरिसक्नुभएको छ’, स्रोतले भन्यो, ‘थप उपचारका लागि विदेश जाने तयारी भइरहेको छ ।’ नेतृ कोइराला केही दिनअघि स्वदेश फर्केकी हुन् । चिकित्सकले क्यान्सर संक्रमण छिटै फैलिन सक्ने भन्दै दायाँ स्तनको पनि उपचार गर्न सुझाएको स्रोतले बतायो । स्रोतका अनुसार संक्रमण प्रारम्भिक चरणमै रहेकाले उपचार हुने पनि चिकित्सकले बताएका छन् ।

अर्को साता थप उपचारका लागि विदेश जाने तयारी भइरहेको जनाउँदै निकट स्रोतले भन्यो, ‘उहाँ बिरामी भएको कुरा सत्य हो तर स्वास्थ्य परीक्षणका सबै रिपोर्ट नआईकन क्यान्सर नै हो भन्न मिल्दैन ।’

नागरिक दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *