थारु पत्रकार संघको बारा अध्यक्षमा रेणु चौधरी

थारु पत्रकार संघ नेपालको बारा शाखा गठन भएको छ। थारु कल्याणकारिणी सभाको कलैयास्थित हलमा आयोजित भेलाले रेणु चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको छ। जसको उपाध्यक्षमा जियालाल चौधरी, सचिवमा चन्द्रशेखर चौधरी, सहसचिवमा अनिल चौधरी र कोषाध्यक्षमा सविता चौधरी छन्।

त्यस्तै सदस्यमा दुष्यान्त चौधरी, मोहित चौधरी, कृष्ण मुरारी चौधरी, मनोरमा चौधरी, नागेन्द्र चौधरी र मीनाक्षी चौधरी छन्।

थारु पत्रकार संघ नेपालका केन्द्रीय महासचिव मदन चौधरीको अध्यक्षता र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमल कुमार उपाध्यायको सहभागितामा भेलामा नेकपा एमालेका सांसद वलवीर चौधरी, एमाले जिल्ला कमिटी सदस्य रुपलाल चौधरी, माओवादी केन्द्रकी सांसद दिलमाया धामी, माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य तपेश्वर चौधरी, राप्रपा नेपालका गिरधारी चौधरी, फोरम लोकतान्त्रिकका ओमप्रकाश चौधरी, नेपाल परिवार दलका रामचन्द्र चौधरी र संघीय लोकतान्त्रिक मञ्च थरुहटका सुवंश चौधरीको उपस्थिति थियो।

कार्यक्रममा उनीहरुले थारु पत्रकार संघका नयाँ प्रतिनिधिलाई बधाई दिनुका सधै अगामि दिनमा हरेक प्रकारको सहयोग गर्ने वाचा गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *