मेरो किताब मेरो जीवनको भोगाइ हो : बालिका चौधरी

सन्तोष दहित/घोराही
लेखिका बालिका चौधरीको ‘जीवनका बक्र रेखाहरु’ कृतिको आइतवार घोराहीमा समीक्षा गरिएको छ। कृतिको समीक्षा गर्दै पत्रकार एवम् साहित्यकार केबी चौधरीले लेखिका चौधरीको पुस्तकमा संघर्षका कथाहरु उल्लेख गरिएको बताए। उनले पुस्तको चर्चा गर्दै भने- ‘यो पुस्तकमा समाजको यथार्थ चित्रण र आफ्नो व्यक्तिग अनुभव सेयर गरिएको छ।’ लेखिका चौधरीले किताबमार्फतम जीवन संघर्ष हो भन्ने सन्देश दिएकी छन्। किताबमा गाउँदेखि अमेरिका, डेनमार्कलगायत देशका कथा, बस्तु अनुभव समेटिएको छ।

थारु पत्रकार संघको आयोजनामा भएको कृति समीक्षा कार्यक्रममा बोल्दै लेखिका चौधरीले किताब लेख्ने सपना सानैदेखि भएपनि विविध कारणले लेख्न सकेको थिएन्, पछि किताब लेख्ने आँट गरे सानो भए पनि यो किताब ल्याएको छु। ‘तर, आफ्नै घरकाले मेरो किताबको चासो दिएका छैनन्, बजारमा यो पुस्तको चर्चा भएको खबर सुन्दा खुसी लागेको छ,’ उनले भने, ‘मेरो किताबमा मेरो जीवनमा भएको संघर्षका कथा वस्तुलाई पुस्तकमार्फत् आमसमुदायको माझ पुर्याउने जमर्को गरेको छु।’ ‘यो छोटो समयमा पनि मेरो किताबलाई धेरैले माया गरेका छन् विभिन्न जिल्लामा माग भएकाले निकै खुसी छु,’ चौधरीले भनिन्।

थारु पत्रकार संघ दाङको अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष केवि मसाल, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल, प्रेस चौतारी दाङका कोषाध्यक्ष इन्द्र डिसी, नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा, साहित्यकार लब्लीन क्यानभास, पत्रकार लक्ष्मीमान चौधरी, सरिता चौधरीलगायतल शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण थारु पत्रकार संघका सल्लाहाकार माधव चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *