भारतीय राष्ट्रपति नेपालको राजकीय भ्रमणमा आउने

सरकारले तिहारलगत्तै नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर, पोखरा र लुम्बनी भ्रमण तयारी सुरु गरेको छ । करिब दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको राजकीय भ्रमणक्रममा जानकीको जन्मभूमि जनकपुर, पर्यटकीय नगरी पोखरा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी लैजाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

‘काठमाडौंको अतिरिक्त जनकपुर, पोखरा र लुम्बिनी भ्रमण गराउने तयारी भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका उच्च स्रोतले भन्यो, ‘विस्तृत रूपमा तालिका भने निर्माण भइसकेको छैन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा कात्तिक १७ गते नेपाल आउन लागेका हुन् । तीनदिने भ्रमणक्रममा उनले नेपालमा महत्वपूर्ण राजनीतिक भेटघाटसमेत गर्ने छन् ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणपछि भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने भनिए पनि भण्डारीको भ्रमण अचानक स्थगित हुँदा दुवै भ्रमण अन्योलमा परेका थिए ।

यसैबीच नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारत–नेपाल उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । ‘३५–३६ वर्षको कूटनीतिक जीवनमा नेपालमा जस्तो उच्चस्तरको सम्बन्ध कुनै देशसँग देखेको छैन,’ रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रियामा उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *