नयाँ संविधानले थारुलाई अधिकार दिन मानेन : डा. गोपाल दहित

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले संविधानको संसोधन र पुनःलेखन नभएसम्म कार्यन्वयनको अवस्था नआउने बताएका छन्। माउन्टेन टेलिभिजनसँगको कुराकानीमा उनले भने- ‘यो डेडलकको स्थिति छ। डेडलक फुकाउन संविधान संसोधनको विकल्प छैन।’ सत्ताधारीहरु पनि यो संविधान कार्यन्वयन नहुने स्थितिमा पुगिसकेको उनले बताए।

उनले थारु र मधेसीका पहिचान जोखिममा नरहेको बताए। तर दुवैका अधिकार अझै जोखिममा रहेको उनले बताए। ‘नयाँ संविधानले थारु कलस्टर छुट्याएको छ। यसले थारुको पहिचान त दिलायो तर अधिकार दिन मानिरहेको छैन। नयाँ संविधानले थारुबाहेक जनजाति, मधेसी, दलित, मुस्लिम सबैको अधिकार दिन मानिरहेको छैन।’

उनले तराईमा दुई प्रदेश हुनुपर्ने बताए। चितवनदेखि कञ्चनपुरसम्म थरुहट र पर्सादेखि झापासम्म मधेस प्रदेश हुनुपर्ने उनले बताए।

हेर्नुस् भिडियो 




Leave a Reply

Your email address will not be published. Required fields are marked *