थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

काठमाडौं- थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

‘फिल्ममा थारु साँस्कृतिका अलवा थारु समुदायमा विद्यमान कमैया, कमलरी प्रथाजस्ता कूरीतिहरुबारे पनि देखाएका छौं,’ उनले भने।

vauraनिकै कम संख्यामा बन्ने थारु फिल्मप्रेमीका लागि यो नयाँ खुराक हुने निर्माता चौधरीको भनाइ छ। न्युन बजेटमा सामान्य स्तरका बन्ने थारु फिल्महरु मोफसलकै हलहरुमा पनि चल्न सकेका छैनन्। यो फिल्मले नयाँ पिढीहरुका लागि मार्गदर्शक बन्ने उनको बुझाइ छ।

२५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ छन्। थारु फिल्म क्षेत्रमा नयाँ अनुहारलाई प्लाटफर्म दिने हिसाबले पनि फिल्मको निर्माण गरेको निर्माता चौधरीले जानकारी दिए।

vaura-anju-chaudharyचम्पन साँस्कृति समूहले थारु साँस्कृतिलाई प्रवर्द्धन गर्दै आएको छ। जसका प्रबन्ध निर्देशक पनि नन्दुराज चौधरी हुन्। उनकै प्रयासले ठूलो लगानीमा थारु फिल्मको निर्माण भएको हो।

फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका छन्। श्रीनारायण चौधरीको पटकथा रहेको फिल्मलाई अनुभवी छाँयाकार हरिनारायण चौधरीले खिचेका छन्। फिल्मको नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक दीप छन्। फिल्म दाङको थारु वस्ती र देउखरी वरिपरि खिचिएको छ।

फिल्ममा निर्माता नन्दुराज चौधरीसहित, कृष्ण चौधरी, श्रीनारायण चौधरी, सोनु थारु, अन्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *