यति एयरलायन्सको विमान भैरहवा विमानस्थलमा दुर्घटना

यति एयरलायन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आज अपराह्न दुर्घटनामा परेको छ । काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी नंंको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो ।

विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा २९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् । दुर्घटनास्थलमा अहिले नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरिरहेका छन् । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको नागरिक उड्डयन कार्यालय भैरहवाले जनाएको छ । रासस ९फोटो संलग्न छ०




Leave a Reply

Your email address will not be published. Required fields are marked *