चट्याङ लागेर बुचन चौधरीको मृत्यु, दुई घाइते

जिल्लाको त्रियुगा नगरपालिका–६ खैजनपुरमा आज दिउँसो ३ बजे वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा खैजनपुर–६ का बुचन चौधरी रहेको प्रहरीले जनाएको छ । खैजनपुर खोला नजिकै गाईवस्तु चराइरहेको चौधरीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर चौधरीसँगै रहेका खैजनपुरका लखन चौधरी र तिलन चौधरी गम्भीर घाइते भएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *