प्रधानमन्त्रीको सचिवालयले भन्यो- रेशम चौधरीसँगको भेट आकस्मिक

भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक कार्यक्रममा कैलाली घटनाका एक आरोपी रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारे ।

उनले भने, सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।‘

यो पनि पढ्नुस्

दिल्लीमा प्रधानमन्त्री र टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको भेट




Leave a Reply

Your email address will not be published. Required fields are marked *