चितवनमा जितिया कार्यक्रम

सञ्जय चौधरी/चितवन

रत्ननगर १९ झुवानीका थारु समुदायले जितिया पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै एक आपसमा खुसीयाली साट्दै दर खाएका छन्। झुवानी थारु महिला समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले डम्फु नाच देखाएका थिए।

रत्ननगर १९ मा रहेको अमरवस्ती झाम्टा समूह, टरौली झाम्टा उपभोक्ता समूह, झुवानी थारु महिला समूह लगायतले झाम्टा देखाएका थिए भने डम्फु होली समूहले डम्फु नाच प्रस्तुत गरेका झुवानी थारु महिला समूहकी अध्यक्ष निकी चौधरीले जानकारी दिए।

चाँदीका गहनाहरु हसुली, नथिया, टडिया, गुडहुला तथा झोवा थैली लगाएका थारु महिलाहरुले झाम्टासहित नृत्य देखाएका थिए। सो अवसरमा रत्ननगर डान्स एकेडेमीका कलाकारहरुको पनि प्रस्तुती रहेको थियो।

चितवन क्षेत्र नम्वर १ का सांसद एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा झुवानी थारु महिला समूहकी सचिव कमल्ती चौधरीले जितिया पर्वबारे जानकारी गराएकी थिइन्।

थारु समुदायका महिलाहरुको विषेश पर्व जितिया यही असोज ७ गते परेको छ। घरपरिवारको सुख शान्तिको कामना गर्दै जितिया पर्व तीन दिन सम्म मनाइन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *