थारु महिला सभा मोरङले जितियालाई आन्दोलनको रुपमा मनाउने

थारु महिला सभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवसका दिनका रुपमा मनाउने निर्णय गरेको छ। आफूहरुले विगत दुई दशकदेखि आफ्नो हक र अधिकार प्राप्तिका लागि आन्दोलन गरेको भए पनि स्वायतः प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ। आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा बताइएको हो।

सरकारसगँ भएको १३ बुदे माग पूरा गराउनको लागि थारुहरुको महान पर्वलाई आन्दोलन दिवशको रुपमा मनाउन लागेको थारु महिला सभाकी अध्यक्ष कल्पना चौधरीले बताइन्। आगामी समयमा संवैधानिक निकायमा थारु महिलाको प्रतिनिधित्व गराउनका लागि भए पनि थारुहरुसगँ भएका सम्झौता कार्यन्ययन गर्नुपर्ने उनको धारणा थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *