कञ्चनपुरका विष्णु राना धानबालीमा मृत भेटिए

कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको घरमा बस्दै आएका ४० वर्षीय विष्णु राना धानबालीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले धानबालीमा रानाको शव देखेपछि इप्रका, त्रिभुवन बस्तीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *