फोरमबाट एमाले गएका पूर्वसांसद मझिलाल थारु केन्द्रीय सल्लाहकार बने

नेकपा एमालेले बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका डा. डिल्लीराज खनाल र चक्रपाणी तिम्सिना केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । त्यस्तै संघीय समाजवादी फोरमबाट एमाले प्रवेश गरेका पूर्वसांसद मझिलाल थारु पनि केन्द्रीय सल्लाहकार बनेका छन् । केन्द्रीय सल्लाहकार परिषदमा अन्यलाई मनोनित गरिएको छ । बिभिन्न पार्टीबाट प्रवेश गरेका मध्ये घनश्याम भट्टराई,घनप्रसाद गौतम पनि सल्लाहकार परिषद सदस्य मनोनित भएका छन् ।

त्यस्तै बमबहादुर बीसी र रुपवहादुर परियार ७ नम्बर प्रदेश कमिटीमा मनोनित भएका छन् । संघीय समाजवादीबाट एमाले प्रवेश गरेका ट्रिपल पी गुरुङ ४ नम्बर प्रदेश कमिटी र बिजय राई १ नम्बर प्रदेश कमिटी सदस्य मनोनित भएका छन् भने माओवादीबाट प्रवेश गरेका ठाकुर गजुरेल ३ नम्बर प्रदेश कमिटी सदस्य मनोनित भएका छन् ।

एमालेले हाल कायम रहेका अन्चल सम्पर्क समन्वय कमिटी बिघटन भएको भन्दै अब प्रदेश सम्पर्क कमिटी गठन गर्ने भएको छ ।
पार्टीको प्रादेशिक ढाँचासँग अनुकूल हुने गरी छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन स्थायी कमिटी बैठकले गरेको छ । कमिटीको सहइञ्चार्ज विजयगुरूङ्ग र सचिव नरेन्द्र श्रेष्ठ रहेका छन् भने सम्पर्क समन्वय कमिटीको हैसियत पार्टीको प्रदेश सङ्गठन कमिटी सरह हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *