पूर्व सभासद् डा‍‍. चौधरीको निधन

पूर्व सभासद् डा‍. लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा निधन भएको छ। सप्तरी हरिहरपुर-९ का चौधरीको बुधबार बिहान आफ्नै निवासमा निधन भएको हो। महेन्द्र विन्देश्वरी क्याम्पसका पूर्व प्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधान सभामा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीकोतर्फबाट सभासद् भएका थिए।

चौधरीको सामाजिक परम्परा अनुसार गाउँमै बुधबारै साँझ अन्त्येष्टि गरेको परिवारले जनाएका छन्। सभासद् चौधरीका दुई छोरा र दुई छोरी छन्। चौधरीको निधनप्रति संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विनोद चौधरीले दुःख ब्यक्त गरेका छन्।

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहासविद् चौधरीको निधनले हालः उत्कर्षमा पुगेको सामाजिक आन्दोलनमा एक होनहार नेताको अभाव महसुस भएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *