नदीको दोभानमा फसेका तीन थारुलाई पाँच घन्टापछि उद्धार

दाउरा लिन जाँदा नदीको दोभानमा थुनिएका कञ्चनपुरको देखतभुली गाविस–६ कि एक महिलासहित दुई पुरुषको आज उद्धार गरिएको छ । यहाँको देखतभुली–६ मा तिल्लकीको पूर्वबाट भएर बग्ने मछेली नदी र पश्चिमतर्फबाट भएर बग्ने वनहरा नदीकोबीच दोभानमा थुनिएका देखतभुली–६ का ३० वर्षीय प्रेम चौधरी, ५० वर्षीय सादु राना र उहाँकी बुहारी २९ वर्षीया हरिदुलिया रानालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले करिब पाँच घन्टाको प्रयासपछि उद्धार गरेको हो ।

नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्न गएकाबेला एक्कासी नदीमा बाढी आएपछि उनीहरु थुनिएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सुदाम रावलले जानकारी दिए ।

इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावल र सशस्त्र प्रहरी बल शैलेश्वरी गणका प्रहरी निरीक्षक डबलबहादुर ऐडीको कमान्डमा घटनास्थल पुगेको प्रहरीको उद्धार टोलीले फसेकाको सकुशल उद्धार गरेको हो । पहाडी जिल्लामा दुई दिनदेखि भइरहेको वर्षाले यहाँका नदीनालामा जलस्तर बढेको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *