थारु पत्रकार संघ चितवनमा पुनः कारी

थारु पत्रकार संघ चितवनको अध्यक्षमा पुनः कारी चौधरी चयन ‍भएका छन्। सौराहामा आज भएको पहिलो अधिवेशनले कारी चौधरीको अध्यक्षतामा ७ सदस्यीय निर्विरोेध नयाँ कार्यसमिति चयन गरेकोे हो ।

संघको उपाध्यक्षमा सुमित्रा महतो, सचिवमा मनिराम थनेत, सह–सचिवमा चञ्चल चौधरी र कोषाध्यक्षमा संजय चौधरी चयन हुनु भएको छ । यस्तै सदस्यमा रिता चौधरी र राजु चौधरी (बी) चयन भए ।

यस्तै अधिवेशनले नै पाँच सदस्यीय सल्लाहकार चयन गरेको छ । जसमा राजु चौधरी (ए), सन्तकुमार चौधरी, चन्द्रकुमारी चौधरी, सुकदेव चौधरी र दिपेश चौधरी छन् । अधिवेशन थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वाहारीको प्रमुख आतिथ्यता एवंम संघ चितवन अध्यक्ष कारी चौधरीको अध्यक्षतामा भएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *