रेशम चौधरीको फूलबारी एमएम सञ्चालन गर्न माग [थारु पत्रकारको ९ बुँदे घोषणा पत्रसहित]

थारु पत्रकार संघ नेपालको एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ। भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ। त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग पनि भेलाले गरेको छ। भेलाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहाइ गर्न माग गरेको छ।

‘२०७२ भदौ ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुहरुलाई तत्काल रिहाइ गरियोस्। घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाइ र ८ गतेको थारुको घर जलाउनेहरुलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस्,’ घोषणा पत्रमा उल्लेख छ।

त्यस्तै भेलाले रेशम चौधरीको फूलबारी एफएम सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरेको छ। ‘टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफएम जलाइएको छ। त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस्। लिजमा लिएर एफएम सञ्चालन गरिरहेका पत्रकार योगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,’ घोषणा पत्रमा उल्लेख छ।

भेलाले पत्रकारको न्युनतम पारिश्रमिक दिन पनि सञ्चारमाध्यम सञ्चालनकर्तासँग अनुरोध गरेको छ। नेपाल सरकारको रातो किताबमै प्रकाशन भइसकेकाले भेलाले न्युनतम पारिश्रमिक दिन आग्रह गरेको हो।

घोषणा पत्र
थारु पत्रकार संघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेला अध्यक्ष कृष्णराज सर्वहारीको अध्यक्षता तथा ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. मनोजकुमार चौधरीको प्रमुख आतिथ्यमा चितवनको सौराहामा सम्पन्न भयो । भेलाले नौं बुँदे सौराहा घोषणपत्र जारी गर्दछ ।
१. नेपालको संविधान २०७२ मा थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकाले सोहीअनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटाको छुट्टै व्यवस्था गरियोस् ।
२. नेपाल सरकारले ल्याएको सञ्चार नीति २०७३ छिटोभन्दा छिटो लागू गरियोस् ।
३. थारु समुदायको मुद्दा उठानमा राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय सञ्चारमाध्यमले उचित स्थान दिएको नदेखिएकाले उचित स्थान दिइयोस् ।
४. नेपालको संविधान २०७२ सँगै नेपाल संघीय प्रदेशमा जाने निश्चित भएको छ । सरकारले ल्याएको सात प्रदेशको खाकामा नेपालका मूल आदिवासी थारुहरुको कलस्टर छुट्याइएको छ । तसर्थ थारुबहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको पुनःसंरचना गरियोस् ।
५. पत्रकारिता पेसामा आबद्ध महिला पत्रकारलाई आउने अवसरमा गैरथारु महिला पत्रकारलेमात्र अवसर लिएको देखिएकाले महिलाको कोटामा आदिबासी जनजाति, दलित, पछाडि परेका वर्गको महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरियोस् ।
६. २०७२ भाद्र ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुलाई तत्काल रिहाई गरियोस् । घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाई र ८ गतेको थारुको घर जलाउनेलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस् । टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफ.एम. जलाइएको छ, त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस् । लिजमा लिएर एफ.एम. सञ्चालनकर्ता पत्रकार योेगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् । साथै, एफ.एम. पुनः सञ्चालन हुने वातावरण तत्काल बनाइयोस् ।
८. श्रमजीबी पत्रकारको न्यूनतम पारिश्रमिक सरकारले रातो कितावमा प्रकाशन गरी साउन १ गतेदेखि कार्यान्वयनको घोषणा गरिसकेकाले सरकारी तथा निजी सञ्चारमाध्यम सञ्चालकबाट श्रमजीबी पत्रकारलाई तोकिएअनुसारको पारिश्रमिक दिइयोस् ।
९. सौराहामा संघको पाँचौ साधारणसभा र भेला गर्ने वातावरण मिलाउने चित्तवन शाखा,स्वस्तिक होटलका सञ्चालक सुरेन्द्र चौधरी, ओएसिस मेडिकल कलेजका सञ्चालक डा. मनोजकुमार चौधरीसहित भेला सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई भेलाले हार्दिक धन्यवाद व्यक्त गर्दछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *