देशभरिका थारु पत्रकारहरुको भेला सौराहामा

थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला भोली (शनिबार) चितवनको सौराहामा हुँदैछ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारा सहित पर्यटकीय नगरी सौराहामा हुन लागेको भलाको सम्पूर्ण तयारी पुरा भइकेको छ ।

जंगल सफारी लजमा हुने भेलामा सहभागि हुन देशका विभिन्न भागबाट थारु पत्रकारहरु आउने क्रम जारी रहेको थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो थारुले जानकारी दिए।

भेलाका प्रतिनिध तथा पर्यवेक्षकहरु आज रातीसम्ममा सौराहा आईपुग्ने छन् । उनीहरुलाई सौराहामा होटल स्वस्तिक लजमा आवास र खानाको व्यवस्था मिलाइएको छ । होटल स्वस्तिकका सञ्चालक सुरेन्द्र चौधरीले कार्यक्रम व्यवस्थापन गर्नका लागि विशेष सहयोग र भूमिका निर्वाह गर्दै आएका छन्। भेलाको उदघाटन समारोह बिहान साढे ७ बजेबाट सुरु हुँदैछ । सोही अवसरमा चितवनबाट प्रकाशन हुन लागेको “सङ्हाति” द्वैमासिक पत्रिकाको पनि विमोचन गरिनेछ ।

यसैबीच आजै थारु पत्रकार संघ केन्द्रीय समितिको बैठक बसेको छ । संघका केन्द्रीय सल्लाहकार राजकुमार लेखीको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकले थारुहरुको एजेण्डलाई पत्रकारिता मार्फत बाहिर ल्याउने विषयमा र संगठनलाई संचालन गर्ने विषयमा छलफल भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *