जगनारायण चौधरीको करेसावारीमा १३ फिट अजिङ्गर फेला

देउखुरीको सिसहनियाँ-५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ केजी तौल भएको अजिङ्गर फेला परेको छ । सोमबार राति सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु चौधरीले सो अजिङगर फेला परे पछि परिवार र छिमेकीहरुको सहयोगमा रात भरि गाउँमै राखी परिवारले कालापानी सामुदायिक वनमा खबर गरेका थिए।

सामुदायिक वनले खवर पाए लगत्तै जिल्ला वन कार्यालय अन्र्तगत गढवा सेक्टर वन कार्यालयमा खबर गरेका थिए । गाउँमा अजिङगर फेला परेका खबर पाएपछि मंगरवार बिहान गढवा सेक्टर वन कार्यालयका ससत्र वन रक्षकहरु देवराज अधिकारी, कुलबहादुर थकाली र महगु चौधरीको नेतृत्वमा आएको टोलीले अजिङगरलाई गाडीमा हालेर मंगलबार नै बागनाथ बाबा सामुदायिक वन गोवरडिहामा छोडेका छन् । सो अजिङगर सामुदायिक वनबाट गाउँमा आएको हुन सक्ने अनुमान गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *