एमाले नेता शंकर पोखरेलले मधेसीलाई ‘कलो वर्ण’ भनेपछि…

नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसीलाई होच्याउने खालको अभिव्यक्ति दिएपछि संघीय समाजवादी फोरमका नेता अभिषेक प्रताप शाहले नेता पोखरेलको मानसिक सन्तुलन गुमेको टिप्पणी गरेका छन्। एमाले नेता पोखरेलले मंगलबार विहान ९ बजे र ४१ मिनेटमा मधेसीलाई होच्याउने खालका अभिव्यक्ति दिँदै समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मधेसी जनता अधिकांश कालो वर्णका छन्। मधेसी मोर्चाले असोज तीनलाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्यो कि अपमान? बुझ्न गाह्रो भो।’

नेता पोखरेलका यसअघिका ट्वीटहरु पनि मधेसीलाई होच्याउने खालका रहेका छन्। पोखरेलको आलोचना हुन थालेपछि उनी दिउँसो त्यो ट्वीट हटाएका छन्। मधेसी अगुवा तथा सर्वसाधारणहरुले समाजिक सञ्जालमा पोखरेलको व्यापक आलोचना गरेका छन्। यता फोरम नेता तथा संसद अभिषेक प्रताप साहले आफ्नो फेसबुकमार्फत नेता पोखरेलले मानसिक सन्तुलन गुमाई सकेको टिप्पणी गरेका छन्।

समाजिक सञ्जालमा चर्को विरोधपछि पोखरेलले उक्त स्टाटस हटाएका छन्। ‘कालोलाई विरोधको प्रतिक बनाउने कुरा रंगभेदवादी युरोपियन चिन्तन परम्परासँग जोडिएको अर्थमा त्यसको विरोध गरेको हँ । गलत अर्थ लगाए पछि हटाएको हुँ,’ उनले लेखेका छन्।

पोखरेलको स्टाट्समाथि अहिले समाजिक सञ्जालमा बहस भइरहेको छ।

पत्रकार शुभक महतो लेख्छन्-
डियर नेता शंकर पोखरेलज्यू,
तपाईँले खेलेको शब्द एकपटक आफैँ पढ्नुस्। तपाईँकै नैतिकताले यस्तो कुरा लेख्न मिल्छ कि मिल्दैन उत्तर पाउनुहुन्छ? जहाँसम्म मधेसी कालो वर्णको कुरा हो, त्यो सत्य नै रैछ। तर भोट माग्ने बेलामा त्यही कालो मधेसीको खुट्टा ढोग्न पछि पर्दैन सेता वर्णका मानिसहरु। अर्थात् तपाईँजस्तो नेताहरुले।

वसन्त बस्नेत लेख्छन्-
कहिले ओलीको माखेसाङ्लो। कहिले झलनाथको धोती प्रदेश। कहिले शंकरको कालो दिवस। एमाले नेताहरुको के छ भन्ने बुझ्न यी तीन उदाहरण काफी छन्। मधेसबाट एमाले एक्लैले ३७ सिट प्रत्यक्षमा जितेको छ। मधेसवादी सबैको जोड्दा ११ सिटमात्रै। तर एमालेले किन देखिनसहेको आफ्नै मतदाताहरुलाई ?

पेम्बा शेर्पा लेख्छन्-
आखिरमा एमाले नेताले पार्टीको आफ्नो असली चरित्र देखाइछाड्यो। कालो छाला भएको भन्दै मधेसीलाई हेप्ने, तिघ्रे स्वाँठे भन्दै आदिवासीलाई गिज्याउने अनि गरिब अछुत भन्दै दलितलाई छुवाछुत गर्ने। धिक्कार छ यिनका हेपाह राष्ट्रवादलाई।

इन्फिनिटी लेख्छन्-
अधिकांश मधेसीहरु कालो वर्णका हुन्छन: शंकर पोखरेल। अधिकांश एमालेहरु शंकर पोखरेल जस्ता हुन्छन; नश्लवादीहरु।

क्षितिज लेख्छन्-

गरिब, मजदुर र पिछडिएकाको प्रतिनिधित्व गर्ने भनिएको कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेल रंगभेदको पक्षमा ट्विट लेख्छन/धन्य पशुपतिनाथ छन्। बचाका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *