मिस नेपाल इन्टरनेशनल वर्षा लेखीको तीज

तीज पर्व हिन्दु नारीहरूको लागि विशेष पर्व हो तर थारु पृष्ठभुमीमा तीज नमनाउने भएकोले काठमाडौंमा आइसके पछि मनाउने गरेकी छु। तीजमा विशेषगरी दिदीबहिनी संगिनीहरूसँग रमाइलो गर्ने हो। यो रमाइलोभित्र व्रत बस्ने, नजिकैको शिवमन्दिर जाने, पुजापाठ गर्छु तर भगवा सित केही अपेक्षा भने गरेकी छुँइन।

धर्म प्रति आस्था र भगान प्रति श्रद्धा भने रहेकोले व्रत पनि बस्ने गरेकी छु। तर, भोकभोकै बस्न सक्दिनँ। पानी चै पिउँछु। राति पूजा गरेर भोलिपल्ट बिहान शिवजीको पूजा गर्छु र फलफूल खान्छु।




Leave a Reply

Your email address will not be published. Required fields are marked *