अन्तर्राष्ट्रिय अवार्डमा बसन्ती चौधरी मनोनित, भोट गर्न अपिल

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित भएकी छन्। विगत एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ क्याटोगरीमा मनोनित भएकी हुन्। उनले विभिन्न देशका समाजिक अभियन्तासँग प्रतिस्पर्धी गर्दैछिन्। 

राजधानीमा आयोजित थारु पत्रकारहरुसँगको भेटले उनले आफूलाई भोट गरेर जिताउन सम्पूर्णसँग अपिल गरेकी छन्। उनले आफूले कमैया कमलरीका लागि धेरै मेहनत गरेको र रातदिन उनीहरुको हकहितमा जुटेकाले यो अवसर प्राप्त भएको बताइन्। यो अवार्डले यो क्षेत्रमा सक्रिय हुन अझै ऊर्जा मिल्ने उनले बताइन्। ‘एनपिस अवार्डमा मनोनित हुन पाउँदा एकदम खुसी लागेको छ। यो अवार्ड जितेर कमैया कमलरी क्षेत्रमा अझै धेरै योगदान दिनु छ। सबैलाई भोट गरेर सहयोग गरिदिनुहुन अपिल गर्न चाहन्छु,’ उनले भनिन्।

यसअघि एनपिस अवार्ड जितिसकेकी कमैया कमलरी अभियन्ता कौसिला चौधरी एनपिस अवार्डबारे प्रकाश पारेकी थिइन्।

को हुन् बसन्ती?

उनी कमैया प्रथा उन्मुलन समूहका अध्यक्ष हुन्। यो संस्थाले कमैया कमलरीको हकहितको लागि काम गर्दै आएको छ। उनको यो संस्थामा कैलालीका तीन हजार चार मुक्त कमैया सदस्य आबद्ध छन्। जसमा करिब तीन हजार महिला गृहणी छिन्। यो संस्थाको सञ्जाल कैलालीको १५ गाविसमा फैलिएको छ। यो संस्थाले घरेलु हिंसा, कमलरीमाथिको दुर्व्यहावर र विभिन्न किसिमका विभेद्‍विरुद्ध पनि आवाज उठउँदै आएको छ। यो संस्थाले मुक्त कमैया कमलरीमाझ विभिन्न् खालका प्रशिक्षण पनि चलाउँदै आएको छ।

उनलाई यसरी भोट गर्नुस्

बसन्ती चौधरीलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्। त्यसपछि Vote मा क्लिक गर्नुहोस्। त्यसपछि Submit your votes मा क्लिक गर्नुहोस्। त्यसपछि Confirma all मा क्लिक गर्नुहोस्। त्यसपछि Voters in formation को तल जानुहोस्। Select country मा  Nepal क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको Email address, Last name, First name राखेर Submit votes मा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो Email खोलेर Verify गर्नुहोस्।
तपाईँको एक भोटले उनले एनपिस अवार्ड जित्न सक्छिन्। तपाईँको साथीहरुलाई पनि भोट गर्न भन्नुहोस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *