मुद्दा फिर्ताका लागि ४ सय ९२ जनाको नाम सरकारलाई बुझाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ताका लागि सूची बुझाएको छ । मधेसी मोर्चाको कार्यदलले शुक्रबार गृह मन्त्रालयमा सूची बुझाएको हो । ‘हामीले ४९२ जनाको सूची बुझाएका छौं’ मोर्चाका कार्यदल संयोजक सांसद लालबाबु राउतले जानकारी दिए ।

प्रचण्ड नेतृत्वको सरकार गठनका क्रममा कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमतिमा मुद्धा फिर्ता पनि उल्लेख छ । नेताहरुका अनुसार अदालतमा विचाराधिन मुद्धाहरु प्रक्रिया पुरा गरेर र अरु तत्काल फिर्ता लिने सहमति भएको छ ।

त्यही सहमतिलाई टेकेर मधेसी मोर्चाले मुद्धा फिर्ताका लागि कार्यकर्ताको नामावली गृहलाई बुझाएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *