बुद्ध र थारुको ऐतिहासिक सम्बन्ध विषयमा सांसद गोपाल दहितद्वारा विद्यावारिधी

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। उनले बुद्ध भगवान र बुद्ध धर्मसित थारुहरुको ऐतिहासिक, समाजिक र सांस्कृति सम्बन्ध विषयमा विद्यावारिधी गरेका हुन्। 

लामो समयको सोधपछि आफ्नो विद्यावारिधी गर्ने सपना पूरा भएको दहितले बताए। ‘बिद्यावारिधिबाट सम्मानित हुने जीवनको एउटा ठूलो सपना आज पूरा भएको छ। मलाई सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद,’ उनले फेसबुकमा लेखेका छन्।

यो सोधले थारुहरुमा नयाँ आयाम थपिने दहितले बताए। यसले थारुहरुमा नयाँ डिस्कोर्सको थालनी पनि गर्ने संसाद दहितको बुझाई छ। ‘मेरो शोधमा बुद्ध भगवान र बुद्ध धर्मसित थारुहरुको ऐतिहासिक, समाजिक र सांस्कृति सम्बन्ध समेटिएको छ। यसले थारु समुदायमा नयाँ आयाम थपिने विश्वास छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *