म कुनै प्रेमालाई चिन्दिन : सांसद दहित, धम्कीको प्रमाण दिन चुनौति

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद् गोपाल दहितले आफूले कसैलाई धम्की नदिएको बताएका छन्। केही ब्यक्तिले आफूलाई बदनाम गराउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको उनले बताए। उनले आफूले कुन प्रेमालाई नचिन्ने बताए। ‘म कुनै प्रेमालाई चिन्दिन। यो कपोकल्पित आरोप हो,’ उनले भने।

त्यस्तै आफ्ना नेताहरुको नाम जोडेर भ्रामक समाचार प्रकाशित गरेको भन्दै थरुहट तराई पार्टी नेपालले आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा भनिएको छ- ‘थरुहट तराई पार्टी नेपाल र पार्टीका बरिष्ठ नेता गोपाल दहित एवं उपाध्यक्ष गंगा चौधरी (सत्गौंवा)लाई जोडेर दैनिक नेपाल २०७३ भदौ १६ गते प्रकाशन भएको ‘प्रेमालाई दहितले किन दिए ज्यानमार्ने धम्की ?’ विषयक सामाचारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘थरुहट तराई पार्टी नेपालको अध्यक्ष समेत को छ भन्ने हेक्का राख्न नराख्ने दैनिक नेपाल जस्तो अनलाइनको पत्रिकाले उपत्यका समितिमा आफू अनुकुल हुन नसकेपछि दहितले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई गाली गर्ने र प्रेमा चौधरीलाई ज्यान मार्ने सम्मको धम्की दिएको कुरा स्रोत नखुलाई सम्प्रेषण भएको निराधार आरोपयुक्त सामाचारप्रति कुनै सत्यता नरहेको हामी खण्डन गर्न चाहन्छौं,’ विज्ञप्तीमा उल्लेख छ।

प्रेश विज्ञप्ति २०७३÷०५÷१६

थरुहट तराई पार्टी नेपाल र पार्टीका बरिष्ठ नेता गोपाल दहित एवं उपाध्यक्ष गंगा चौधरी (सत्गौंवा)लाई जोडेर दैनिक नेपाल २०७३ भदौ १६ गते प्रकाशन भएको ‘प्रेमालाई दहितले किन दिए ज्यानमार्ने धम्की ?’ विषयक सामाचारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

थरुहट थारुवान आन्दोलन र थारुकल्याणकारिणी सभा उपत्यका समितिको अधिवेशनको विषयलाई लिएर थरुहट तराई पार्टी नेपाल र संवद्ध नेताहरुको मानप्रतिष्ठा गरिमाप्रति र ओजप्रति राजनीतिक प्रतिशोधका आधरमा आधात पुर्याउने, बदनाम गराउने, सुनियोजित योजनाका साथ लगाइएको निराधार, कपोकल्पित, मनगढन्ते सामाचारप्रति खण्डन गर्दै हामी घोर भर्तस्ना गर्दछौं ।

थरुहट तराई पार्टी नेपालको अध्यक्ष समेत को छ भन्ने हेक्का राख्न नराख्ने दैनिक नेपाल जस्तो अनलाईनको पत्रिकाले उपत्यका समितिमा आफु अनुकुल हुन नसकेपछि दहितले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई गाली गर्ने र प्रेमा चौधरीलाई ज्यान मार्ने सम्मको धम्की दिएको कुरा स्रोत नखुलाई संप्रेषण भएको निराधार आरोपयुक्त सामाचारप्रति कुनै सत्यता नरहेको हामी खण्डन गर्न चाहन्छौं ।

थरुहट तराई पार्टी नेपालको जनमानसमा रहेको प्रभाव, सक्रियता र ओजपूर्ण गरिमाप्रति जलन भएका केही अवसरवादी राजनीतिक बेइमानहरुले पार्टी र संवद्ध नेताहरुको मानप्रतिठा इज्जतलाई धमिल्याउन बदनीयतका साथ जनताका माझ भ्रमजाल छर्दै जुन दुश्प्रयास गरिरहेका छन् यो कदापी पनि सफल हुने छैन । थरुहटको खोल ओंढी सस्तो र लोकप्रियताको लागि मिडियाबाजी गर्ने यस्ता पाखण्डी तत्वहरुलाई निराधार आरोप एवं बेतूकको कूरा गर्नेहरुलाई सबुत प्रमाण पेश गर्न चुनौती दिन चाहन्छौं ।

थरुहट÷थरुवान आन्दोलनको माग मुद्धा पुरा नभएसम्म हाम्रो पार्टी निरन्तर सदन र सडकमा संघर्षरत् छौं । संघीय गठबन्धमा मार्फत अहिले पनि माग मुद्धालाई संबोधन गराउनको लागि सशक्त उठाई रहेका छौं । सरकारसंग तीन बुँदे सहमती पनि भइसकेको छ । अहिले सहमति कार्यान्यवनको लागि हामी सरकारसंग समन्वय गरी सशक्त दवाब दिइ नैरहेका छौं । हामी निरन्तर संघर्षरत् रहेकै बेलामा पनि थरुहट आन्दोलनको धमिलो पानीमा माछा मार्न पल्केका चैते अवसरवादीहरु जुन आरोप लगाएका छन् तयसमा कुनै सत्यता छैन । उनीहरुले देखाई रहेको नाङ्गो नाँच र कालो कर्तुत आम जनसमुदायमाझ उदाङगो भईसकेको कुरा यसै विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छौं ।

जयथरुहट

भानुराम थारु

अध्यक्ष




Leave a Reply

Your email address will not be published. Required fields are marked *