थारु पत्रकार संघका उपाध्यक्ष लेखी सम्मानित

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले आफ्नो ५३औँ वार्षिकोत्सवका अवसरमा छ कर्मचारी तथा त्यत्ति नै सङ्ख्यामा विभिन्न सञ्चारमाध्यमका खेल पत्रकारलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, राखेप सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार प्रदान गरेका हुन्।

प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कटवाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भइन्। कटवालले रु २५ हजार, थापाले रु १५ हजार तथा घिमिरेले रु १० हजारसहित सम्मानपत्र प्राप्त गरे।

प्राविधिकको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बाँके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत भए। उनीहरुले पनि प्रशासनसरह नै पुरस्कार र सम्मानपत्र प्राप्त गरे।

त्यस्तै, सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण दैनिकका रोशनकुमार सिंह ९राउत०, नयाँ पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय, कान्तिपुर दैनिकका विनोद पाण्डे, दि हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, नागरिक दैनिकका प्रकाश तिमल्सिना तथा कान्तिपुर टेलिभिजनका प्रदीप लेखी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *