थारुको माग पूरा नगरे अर्को टीकापुर घटना घट्नसक्छ : सांसद दहित

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले अर्को टीकापुर घटना घट्नसक्ने बताएका छन् । थारु मधेसीहरुलाई उनीहरुका माग र अधिकारबाट वञ्चित गरिए जुनसुकै बेला त्यस्तो घटना घट्नसक्ने उनले बताए । लाहुर्निप नामक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाइ गरिरहेको आरोपसमेत लगाए ।

‘सरकारले संघीय गठबन्धनसँग भएको तीन बुँदे सहमति कायन्वयनमा ढिलाइ गरिरहेको छ,’ उनले भने, ‘थारु मधेसीका मागलाई सरकारले वेवास्ता गरे अर्को टीकापुर घटना घट्न सक्छ ।’ त्यसैले त्यसतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा लाहुर्निपले टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस्तै थारु पत्रकारका संघ नेपालका अध्यक्ष कृष्णराज सर्वाहरि र कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीको संयुक्त लेखनको किताब ‘थरुहट आन्दोलन : टीकापुरको कथा सार्वजनिक गरिएको थियो ।

भिडियो हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *