एमाले सात प्रदेशको संयोजक भीम रावल, दुई प्रदेशको उपसंयोजक नागेन्द्र चौधरी

नेकपा एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोकेको छ । एमाले स्थायी समितिको बैठकले प्रदेश १ मा भीम आचार्यलाई संयोजक र शेरधन राईलाई उपसंयोजक तोकेको छ । २ मा सत्यनारायण मण्डल संयोजक भएका छन् भने नागेन्द्र चौधरी सहसंयोजक, ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी उपसंयोजक भएका छन् ।

एमालेले प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिम्सिना सहसंयजक, ५ मा विष्णु पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक, ६ मा युवराज ज्ञवाली संयोजक र यमलाल कँडेल सहसंयोजक तथा ७ मा भीम रावल संयोजक र कर्ण थापा सहसंयोजक तोकिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *