स्थानीय विकास मागेका प्रभु साहको नाम काटियो

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा माओवादी (केन्द्र)ले मन्त्रीहरुको नाम टुंगो लगाएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

आइतबार माओवादीका जनार्दन शर्मा (प्रभाकर), हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक मन्त्रीका रुपमा थपिँदैछन् । प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

यसअघि प्रभु साहको नाम चर्चामा थियो । उनलाई कानुन मन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर, उनले स्थानीय विकास मागेका थिए ।

नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो तीन बजे हुने भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *