बकतृत्वकला प्रतियोगितामा मणिराम थनेत प्रथम

थारु विद्यार्थी समाजले आयोजना गरेको बकतृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययणरत मणिराम थनेत प्रथम भएका छन्। ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा आयोजित प्रतियोगितामा ब्रिटिश कलेजका नन्द चौधरी दोस्रो, स्वयभ्मु इन्जिनियर कलेजका सतिश बखरिया तेस्रो र त्रिचन्द्र बहुमुखी क्याम्पका अशोकप्रसाद चौधरी चौथो भए।

थारु विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विमल चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरी र थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।

यो पनि पढ्नुस्:

सांसद चौधरीले भने– बरु मलाई भोट नदिनुस्…

फेसबुक चलाएर अधिकार सुनिश्चित हुँदैन : सांसद गंगा




Leave a Reply

Your email address will not be published. Required fields are marked *