सांसद चौधरीले भने– बरु मलाई भोट नदिनुस्…

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीवासीलाई भोटको सट्टा जाँडरक्सी छोड्न आग्रह गरेका छन् । उनले जाँडरक्सीले जीवन नै बर्बाद गर्ने भएकाले छोड्न आग्रह गरेका हुन् । ‘थारुहरु छोराछोरीलाई पढाउन मान्दैनन् तर भठीमा गएर जाँडरक्सी खान छाड्दैनन्,’ विमल चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले गरेको कार्यक्रममा नाइटिङ्गेल स्कुलका फाउन्डरसमेत रहेका चौधरीले भने, ‘अभिभावक नै जाँडरक्सी खान थालेपछि छोराछोरीले कसरी राम्रो शिक्षा पाउँछ ।’

उनले छोराछोरीको राम्रो शिक्षाका लागि भोट नदिएपनि जाँडरक्सी छाड्न आग्रह गरेका हुन् । उनले थारु विद्यार्थी समाजलाई राम्रो काम गर्न आग्रहसमेत गरे। उनले अझैसम्म राजधानीमा थारु विद्यार्थीको तथ्यांक संकलन हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन अाग्रह गरे ।

सांसद चौधरीले विभिन्न तरिकाबाट छात्रवृत्ति पाउन सकिने अवगत गराउँदै त्यसतर्फ थारु विद्यार्थी समाज र थारु विद्यार्थीहरुले जानकारी लिनुपर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *