विवाहित महिला बलात्कार गर्ने तीन थारु पक्राउ

घरमा सुतिरहेको अवस्थामा कचनापुर–५ मा एक महिला तीन किशोरबाट बलात्कृत भएकी छन्। पति विदेश रहेको र आठ वर्षीय छोरीसँग सुतिरहेकी २७ वर्षीया महिला स्थानीय तीन किशोरबाट बलात्कृत भएकी हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बिहीबार राति कचनापुर –५ का १६ वर्षीय तीर्थ थारु, १७ वर्षका कमल थारु र १६ वर्षका सुनिल थारुले ती महिलालाई बलात्कार गरेका हुन्। उनीहरुले मुखमा कपडा कोचिदिएर सामुहिक रुपमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए।

अभियुक्त तिनै जनालाई प्रहरीले शुक्रबार गाउँबाटै नियन्त्रणमा लिएको छ। उनीहरुले प्रहरीले जर्बजस्तीकरणी मुद्दा दर्ता गर्ने तयारी गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *