प्रचण्डले असन्तुष्ट पक्षका माग सम्बोधन गर्छन् : योगेन्द्र चौधरी

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरीले लामो समयदेखि नेपाली जनताले संविधानसभाबाट प्राप्त भएको संविधानको सहज कार्यान्वयनका लागि सबै दलबीच सहमति जरुरी रहेको बताएका छन्।

मधेस, थरुहट आन्दोलनमा मृत्यु भएकालाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गराउनेलगायतका विषयमा संविधान संशोधनमार्फत अगाडि बढेको उल्लेख गर्दै संविधानमा असन्तुष्टि जनाउँदै आएका दल समर्थनमा आउनु सकारात्मक भएको उल्लेख उनले गरे। प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार (प्रचण्ड)ले असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने उनको विश्वास थियो।

त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरीले थारु, आदिवासी, जनजाति, मधेसीको माग पूरा गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै आन्दोलनका क्रममा भएको क्षति, मृतकको परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार गर्न नयाँ बन्ने सरकारले काम गर्ने विश्वास व्यक्त गरिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *