कैलालीमा थारुहरुले साउन २३ गते गुरही पर्व मनाउने

कैलालीका थारुहरु गुरही पर्व मनाउने तयारीमा जुटेका छन्। पश्चिम थारुहरुले वर्षेनि मनाउँदै आएको यो चाड यसवर्ष साउन २३ गते मनाउने तयारी भइरहेको सखी सञ्जालका अध्यक्ष इन्दु थारुले जानकारी दिए। उनका अनुसार सोही दिन कैलालीको धनगढी, हसुलिया र टीकापुरमा यो पर्व मनाउने तयारी भइरहेको छ। 

थारुहरुले परम्परागतरुपले मनाउँदै आएको यो पर्व कैलालीस्थित धनगढी, हसुलिया र टीकापुरमा सामूहिकरुपमा मनाउने भएका छन्। ऐतिहास पहिचान र अधिकारको लडाइँ लडिरहेका थारुहरुले गत वर्ष पनि आन्दोलनको रुपमा यो पर्व मनाएका थिए।

गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो। गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन छ।

संगै पुरुषहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *