मोर्चाका नेतालाई गच्छदारको चुनौति- सरकारमा जान रोकेर देखाऊ

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् । फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

‘हामी दिल खुस बनाएर नयाँ सरकामा जान्छौं’ गच्छदारले भने । आफूहरुलाई सरकारमा जानबाट मधेसी मोर्चाका केही नेताले रोक्ने प्रयास गरिरहेको भन्दै उनले त्यस्तो दुष्प्रयास नगर्न चेतावनी दिए।  ‘तपाईँहरुले रोक्न सक्नुहुन्छ भने रोक्नुहोस्, तर हामी सरकारमा जान्छौ-जान्छौं ।’

गच्छदारले भने, ‘मोर्चाका नेताहरू हाम्रो पार्टीलाई सरकामा लगे कुनै पनि हालतमा कांग्रेस-माओवादीलाई साथ दिँदैनौ भन्दै धम्कि दिइरहेका छन्।’ आफ्नो पार्टीको भूमिकालाई मोर्चाले कुनै पनि हालतमा अवमूल्यन गर्न नसक्ने दाबी उनले गरे।

सम्बोधनमा संयुक्त मधेसी मोर्चाप्रति निकै आक्रमक बनेका अध्यक्ष गच्छदारले तराईमा दुई प्रदेश नबनाउने हो भने गठबन्धनलाई साथ दिन सक्दैनौं भनेर मोर्चाले भन्न नसकेको आरोप लगाए। ‘पाँच-छ महिनासम्म तपाईँहरूले नाकाबन्दी गर्नुभयो, तराई तहस नहस भयो, हाम्रो देश तहसनहस भयो, करिब ६५ जनाको ज्यान गयो त्यसको मूल्य के हो त्यो कसले चुकाउने?,’ उनले प्रश्न गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *