मकवानपुर दुर्घटनामा पाँच थारुसहित नौं जनाको मृत्यु

मकवानपुरमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ। काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का १० वर्षीय मणिरत्न चौधरी, २५ वर्षीय विनोद चौधरी तथा २७ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ।

यस्तै त्रियुगा नगरपालिका– ३ का तीन वर्षीया मुस्कान चौधरी र बारा सिम्रौनगढ– ३ का २७ वर्षीय विशाल चौधरीको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।  मृत्यु भएका अन्य तीन जनाको सनाखत हुन सकेको छैन।

तीव्र गतिमा रहेका दुवै बस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा दुर्घटनामा परेका थिए। दुर्घटनामा घाइते ३२ मध्ये १५ जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। अन्य १४ यात्रु भने उपचारपछि घर फर्किसकेको बताइएको छ।

तस्बिर सौजन्य इकान्तिपुर




Leave a Reply

Your email address will not be published. Required fields are marked *