थरुहट पार्टीको महाकाली-मेची अभियान बर्दियाबाट सुरु

थरुहट तराई पार्टी नेपालको संगठन बिस्तार तथा प्रशिक्षण महाकाली-मेची अभियानअन्तर्गत शनिबार बर्दिया क्षेत्र नं. १ मा प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। 

पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारुको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा सांसद गोपाल दहित, पार्टीका सचिव मिनराज चौधरी, केन्द्रीय सदस्यहरु देवमान चौधरी, पूर्णबहादुर चौधरी, कन्हैयालाल चौधरी र मनिराम थारुले पार्टीको सांगठनिक एवम् समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रशिक्षण दिए।

सूर्योदय निम्नमाध्यमिक विद्यालय सतहरियामा सम्पन्न  कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पार्टी परित्याग गरी जोधीराम थारु, अट्वारी थारु, अर्जुन थारु, सरजु थारु, राम बहादुर थारुसहित ४० भन्दा बढी थरुहटमा प्रवेश गरे।

भेलाले जग्गुलाल चौधरीको संयोजकत्वमा ११ सदस्यीय थरुहट तराई पार्टी नेपाल बाँसगढी नगर इकाई समिति पनि गठन गरेको छ । समितिमा सिताराम चौधरी (सचिव), सुशिला थारु, हरि प्रसाद थारु, राम बहादुर थारु, अर्जुन थारु, जोधीराम थारु, राजाराम थारु, गणेश बहादुर थारु र शान्ता चौधरी सदस्य छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *