नेपाल प्रहरीले भन्यो- एम्नेष्टीको प्रतिवेदन पूर्वाग्रही (नेपाली र थारु भाषामा रिपोर्टसहित)

नेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ । प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको बताएको छ ।

अदालतमा थुनछेक बहस हुँदा सबुद प्रमाणका आधारमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको उल्लेख गरेको छ । साथै सरकारी वकिलको कार्यालय र कैलाली जिल्ला अदालतमा बयानका क्रममा एम्नेष्टिको प्रतिवेदनमा दाबी गरे जस्तो बलजफ्ती वा यतना सम्वन्धी कुनै विषय उल्लेख नभएको प्रहरीले बताएको छ ।

यदि यातना दिएको भए अदालतमा मुद्दा दायर गरी क्षतिपूर्ति र दोषीलाई विभागीय कारबाही गर्न माग गर्दै कानुनी उपचार समेत नखोजेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुस्:

एम्नेष्टी रिपोर्ट- टीकापुर घटनापछि थारु समुदायमाथि ब्यापक ज्यादती

‘टीकापुर घटना’मा पक्राउ परेकाहरुको यातना विषयमा सरकारले अध्ययन गरोस्

एम्नेष्टी रिपोर्टप ढ्नुस्

नेपाली भाषामा

थारु भाषामा

एम्नेष्टीले अनुसन्धानमा संलग्न पदाधिकारी, सरकारी वकिल र न्यायीक निकायका पदाधिकारीसँग छलफल नभएको भन्दै प्रहरीले भनेको छ, ‘एकतर्फी रुपमा पूर्वाग्रही प्रतिवेदन तर्जुमा गरी सार्वजनिक गरेेको पाइएको छ ।’

प्रचलित कानुन बमोजिम बैज्ञानिक एवं प्रमाणमुखी अनुसन्धान गर्ने प्रहरीको काम कारबाही तथा अभियानलाई प्रभावित तुल्याउने गरी प्रतिवेदन सार्वजनिक गर्नु दुःखद रहेको प्रहरी प्रधान कार्यालयको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रधान कार्यालयले एमनेष्टीले सार्वजनिक गरेको ब्यहोरामा कुनै सत्यता नभएको भन्दै पाँच बुंदे प्रष्टिकरण समेत दिएको छ । ‘टिकापुर वारदातमा संलग्न ब्यक्तिलाई पर्याप्त सबुद प्रमाणको आधारमा कानुन बमोजिम पक्राउ गरी अनुसन्धान तहकिकात सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा दायर गरिएको हो,’ प्रहरी प्रवक्ता माधव जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ,’ अनुसन्धान तहकिकातको क्रममा यथासम्भव बैज्ञानिक संशाधनको प्रयोग गरी अनुसन्धानको काम सम्पन्न गरिएको हो ।’

विज्ञप्ती पढ्नुस्:

Nepal Police press relese about tikapur

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *