माओवादी केन्द्रमा गौरीशंकर चौधरी मन्त्री बन्ने चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन्। नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री हुने भन्ने गृहकार्य भइरहेको छ।

नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, कांग्रेसलाई १३ मन्त्रालय र माओवादीलाई नौ मन्त्रलाय बाँडिने सहमति भएको छ। तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन। अध्यक्ष प्रचण्डले दुबै दलका दोस्रो तहका नेतालाई मन्त्रालय टुंग्याउने जिम्मा दिएका छन्।

यता, माओवादीबाट को को मन्त्री हुने भनेर कृष्णबहादुर महरासहितका नेताहरु गृहकार्यमा जुटेका छन्। महराको हातमा दर्जन ठूला सूचिसमेत बनिसकेको स्रोतले बतायो। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा गृहमन्त्री भने कांग्रेसको भागमा पर्ने भएको छ। यता, महराले उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने धेरै सम्भावना छ। नेता जनार्दन शर्मा भने गृह मन्त्रालय नपाए सरकारमा नजाने अडानमा छन्।

ओलाी सरकारको पालमा शिक्षामन्त्री सम्हालेका गिरिराजमणि पोखरेल र सामान्य प्रशासन मन्त्रालय सम्हालेकी रेखा शर्मा अब बन्ने मन्त्रिमण्डलमा दोहोरिने सम्भावना छ । थारु क्लस्टरबाट सन्तकुमार थारुको सम्भावना हटेकाले गौरीशंकर थारु मन्त्रिमण्डलमा पर्ने चर्चा धेरै छ। त्यस्तै भेरी कर्णालीबाट महेन्द्रबहादुर शाही, राप्तीबाट टेकबहादुर बस्नेत, नेता राम कार्की, प्रमुख सचेतक हितराज पाण्डे, मधेसबाट प्रभु साह, दलितबाट दलजीत श्रीपाइली मन्त्री हुने सम्भावना बढी रहेको चर्चा माओवादी केन्द्रमा छ।

साँघु साप्ताहिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *