प्रचण्डको अभिव्यक्ति लज्जास्पद : शान्ता चौधरी

पूर्व सभासद शान्ता चौधरीले सामाजिक संजाल फेसबुकबाट आफ्नो प्रतिक्रिया दिँदै शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लज्जास्पद भएको बताएकी छन् । उनले शुक्रबार प्रचण्डले दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै फेसबुकमा लामै स्ट्याटस् लेखेकी छन् ।

राजनीतिप्रति गहिरो भाव राख्दै राजनीति नाराबाजी मात्र नभएर एउटा संस्कार पनि भएकोल यसमा इमान्दारीता हुनु पर्ने उनको जाेड छ ।

राष्ट्रिय राजनीतिको केन्द्र मान्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्मा गरेको सम्बोधन सुन्दा राजनीतिको कखरा बुझ्ने पनि लज्जित बनेको उनले आरोप लगाइन ।

‘राजनीति सम्भावनाको खेल हाे भन्नेमा कसैकाे फरक मत नभए पनि प्रचण्ड पछिल्लो समयमा राजनीतिलाई आत्मसमर्पणको खेल बनाएको बुझाइ छ । उनले प्रधानमन्त्रीलाई नितान्त व्यक्तिगत रुपमा लाञ्छना लगाएर प्रचण्ड आफै क्षयीकरणको दिशातर्फ उन्मुख भएको जिकिर गरिन् ।

एउटा नेता सत्यतावाट च्यूत भएपछि  व्यक्तिगत लाञ्छनामा उत्रिने उनको अभिव्यक्ति छ । ‘देशलाई मौसमी राष्ट्रवादीभन्दा बरु घमण्डी नै होस साच्चिकैको स्थिर राष्ट्रवादी नेता नै वेश हुन्छ’ उनी फेसबुक वालमा लेख्छिन् ‘तपाईले पछिल्लो समयमा आएर गुमाएको धैर्यता देख्दा लाग्छ तपाई अनि तपाईको राजनीतिक दलको आयू सम्भवत क्रमश छोटिदै गएको छ , तसर्थ तपाई बेला बेलामा मुच्र्छित बन्न थाल्नुभएको छ ।’

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रचण्डले प्रस्तुत गरेको तर्कमा कुनै दम नभएको उनको विश्वास छ ।

उनी अगाडि लेख्छिन् ‘खुद्रा मसिना तर्क प्रस्तुत गरेर जुन ढंगले अविश्वासको प्रस्तावको औचित्य पुष्टि गर्नुभएको छ, त्यो सुन्दा तपाईको नेता कार्यकर्ताले आत्मरति लिए पनि सिंगो राष्ट्र भने लज्जित भएको छ ।’ एउटा वापमन्थी दलको प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर गैरवामपन्थी दलसँगको प्रचण्डको सहकार्यले दिने निकास हेर्न सिंगो नेपाली जनता आतुरता भन्दै व्यांग्य गरेकी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *